Thursday, July 19, 2018

हिरासतको दोस्रो अनुभूति

                                        हिरासतको दोस्रो अनुभूति

त्यो कसैको 
 बिरोध थिएन ! 
कसैलाई उचाल्नु थिएन ,कसैलाई पछार्नु थिएन। गरिवको स्वास्थ्य र शिक्षाको पहुँच होस् भनेर अनसन बसेको एउटा बुढो नमरोस भनेर गरिएको सानो प्रयास मात्र थियो ! गणतन्त्र आएपछि साना ठुला हुन्नन् भन्ने बुझेको थिएँ ,तर भोगेको थिइन !
         एउटा सामान्य व्यक्तिको छोरो म ,प्रधानमन्त्रीलाइ वान टु वान  कुरा सुनाउने हैसियत मेरो पक्का  पुग्दैन !हाम्रा  बिज्ञप्ति ,मागपत्रहरु उनीहरुलाई छिस्स नि लाग्दैन !त्यसकारण सडकसंघर्ष एउटा राम्रो विकल्प    थियो 

      गरीवहरुले ,दूरदराजका किसानका छोराछोरीले पनि शिक्षामा पहुच पुगोस ,सिटामोल नपाएर कसैले प्राण त्याग्न नपरोस , गर्भवतिहरु अस्पताल जाँदाजाँदै अकालमा मर्नु नपरोस ,साधारण व्यक्तिको वाक स्वतन्त्रता कायम रहोस , शिक्षाको र   स्वास्थ्यको निजीकरण क्रमिक रुपले अन्त्य गरियोस भन्ने आशयका साथ आफ्नो ज्यान हत्केलामा राखेर जुम्ला पुगेको एउटा बुढो मरोस भन्ने म चाहन्नथें 

     बुढो डाक्टरको अनसन , चिकित्सक,विधार्थीहरुको दवाबले कानमा वतास नपसेको सरकार लाइ केहि चेतावनी दिन सकिन्छ भन्ने आशयका साथ हामीले सडक संघर्षको बाटो रोजेका थियौं 
। प्रदेशसभा वरिपरी प्रहरीहरु बाटो खाली बनाउन ब्यस्त थिए । बटुवाहरुलाई समेत आवतजावतमा रोक लगाइएको थियो । एउटा जनताको छोरा प्रधानमन्त्री भएपछी सामान्य जनता र प्रधानमन्त्रीविच  यति ठुलो विवेध हुन्छ भन्ने लागेको थिएन । त्यसपछि झन् आक्रोशित भएँ । कुनै संगठनमा लागेको शंका पाउनासाथ प्रहरीले पक्राउ गर्न शुरु गरेको थियो । यस्तैमा मलाइ पनि एक प्रहरी दाइले समाते । त्यसपछि त्यहाँ जम्मा भएका बिधार्थी साथीहरुले "डाक्टर केसीको जीवन रक्षा गर , माथेमा आयोगको प्रतिवेदन कार्यान्वन गर ,अनावश्यक  धरपकड बन्द गर , वाक स्वतन्त्रता कायम गर" भनेर नाराबाजी गर्न शुरु गर्नुभयो । त्यसपछि हामीलाइ एउटा ट्रकभित्र कोचियो 

             केहीछिनको नारावाजीपछी हामीलाई जिप्रका पुर्याइयो । हामि लगभग पच्चीस जाना जति थियौं चारजना नयाँ शाक्ति विधार्थी युनियनका र अरु  नेविसंका साथीहरु 
हामीलाई कसैको सरकार ढलाउनु थिएन 
हामि शेरबहादुर प्रधानमन्त्री हुँदा नि डाक्टर गोविन्द केसीलाई साथ दिएका थियौं , प्रचण्ड प्रधानमन्त्री  हुँदा नि साथ  दिएका  थियौं अनि ओली हुँदा नि साथ् दिइरहेका छौं । कसैका मागलाई लियर सत्ता परिवर्तनको मसला बनाउनु हामीलाई थिएन ।जिन्दावाद मुर्दावाद गर्नु हामीलाई थिएन ! जनमतको कदर गर्दै अगाडी बढ्छ ,चुनावी घोषणापत्रअनुसार अगाडी  बढ्छ भन्ने अपेक्षा थियो तर त्यो फिटिक्कै पाइएन । उल्टै सरकार जनताका कुरा नसुनी दमनकारी नीतिका साथ अघि बढ्दै गयो ।त्यो  खप्न नासकेर कालो झण्डा देखाउने तयारी गरेका थियौं ।

चौतर्फी विधार्थीको दवावपछी अन्ततः प्रहरी हामीलाई      छाड्न वाध्य भयो ।
आन्दोलन नि गरियो तर एउटा झुण्ड जो हिजो डाक्टर केसीलाई पागल भन्थ्यो आज ओलीलाई पागल भनेको छ । आन्दोलनमा जाने अनि के बिषयमा आन्दोलन गर्दै छु नजान्ने आन्दोलनकारी पनि देखियो । डाक्टर केसी सरकार परिवर्तनका मसला होइनन । डाक्टर केसी सरकारका विपरीतार्थक पनि  होइनन। 

र अन्त्यमा डाक्टर केसीका माग हाम्रा माग हुन् ।उनि कुनै एमाले (नेकपा) लाइ पत्तासाफ बनाउन ,कांग्रेसलाई उकास्न , साझा बिबेकशील,नयाँ शक्तिलाई उकास्न , विधार्थीलाई पलायन गराउन लागि परेका होइन । सत्यलाई सत्य भन्न पार्टीको आदेश नकुरौं । उहि  माग राखेर शेरबहादुर प्रधानमन्त्री हुँदा अनसन बस्दा सहि माग हुने, अनि ओली प्रधानमन्त्री हुँदा गलत हुने पक्कै हुँदैन ।
तपाईंको मौनता तत्काल तपाईंको पार्टीलाई र पार्टीका मान्छेलाइ फाइदा भएपनि दिर्घकालिन रुपमा तपाईंलाइ , तपाईंको परिवारलाइ र तपाईंको सन्ततिलाई पक्कैपनि फाइदा गर्दैन ।तत्कालिन सत्ताको स्वार्थ भनेको मुतको न्यानो जस्तै होइन र ??
news link 1.:https://www.facebook.com/LiveNews.np/videos/959876337518803/?hc_ref=ARRv7L0KleNLv_4hEmrIjRxaVAhNTSkgXSas9vI-i-zwxPC-ZQ6dO9V0-4mW0QJ3wmU
2.http://www.nuwakotexpress.com/archives/21771
3.https://www.onlinekhabar.com/2018/07/693515?utm_source=Facebook&utm_medium=FBpage1
4.http://merosamaya.com/2018/07/19/18503/

5 comments:

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...