२.
उधोग र कारखाना गाउमा नभएर
घरजग्गा सम्पत्ति नाउँमा नभएर
हजुर ! बेरोजगार छु आजसम्म
आफन्त र नातागोता ठाउँमा नभएर !!
४.
जिन्दगीमा खासै क्यै आर्जन भएन
जीविका धान्न जीविकोपार्जन भएन
तिमीलाई भुल्न मैलेपनि नचाहेको होइन
यो सम्झिने मन परिमार्जन भएन !!५.
जो आउँछन् आउने बेला कुशल बनेर
फर्कन्छन फर्किंदा खल बनेर
पस्नेबेला सियो बनि पस्नेहरु उनै थिए
जो निस्के निस्कँदा मुशल बनेर !!6.
बिगार्छ फेसबुकले सपार्छ फेसबुकले
नभएका फंदाहरु पार्छ फेसबुकले
सत्यतथ्य नबुझी होहल्लाकै पछी लाग्दा
आजकल ज्युँदै मान्छे मार्छ फेसबुकले !!
Thursday, June 21, 2018
Subscribe to:
Post Comments (Atom)
Sangeet Lamichhane: मुक्तक
Sangeet Lamichhane: मुक्तक : एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि...
-
एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...
-
दु इ वर्षको प्रेमिल सम्बन्धपछी अ स्मितासँग बोलचाल बन्द भएको त्यस्तै एक साता भएको थियो । ठ्याक्कै कलेजको गेटमा जम्काभेट भयो। त्यसरी निफ़ु...
-
Sangeet Lamichhane: मुक्तक : एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि...
No comments:
Post a Comment