Sunday, February 25, 2018

गजल: पुगेको देखियो

तिमि भन्छौ गाउँगाउँमा सरकार पुगेको देखियो
तर तथ्यांक हराठाउंमा भ्रस्टाचार पुगेको देखियो !!
.....................................................................
यता मन्त्रीमण्डल बन्नुभन्दा पहिला
छिमेकीलाई तथ्य समाचार पुगेको देखियो !
.................................................................
मन्त्री  बनाइदेउ भन्दै आज दिल्ली जानेहरु
इतिहाँसमा त्यहि भन्दै  दरबार पुगेको देखियो !
...............................................................
शिलान्यास उद्घाटनका खबर त अति आउने
गफ ज्यादा ,ब्यबहारमा कम पूर्वाधार पुगेको देखियो
...........................................................................
कानुनि राज्य भन्दै गर्व गर्दाको भोलिपल्टै
हिरासतकै अपराधीलाई हतियार पुगेको देखियो
....................................................................
देशको राजनीति ,घुसखोरी र भ्रस्टाचार देख्दा
भविष्य अन्योल अनि कार पुगेको देखियो !!

Saturday, February 10, 2018

गजल :नजानी नजानी


सम्झीरहने बानि भयौ  नजानी नजानी
एकादेशको कहानी भयौ नजानी नजानी
.......................................................
यी नजर छल्न तिमि जता गएपनि
यी आँखाकै नानि भयौ  नजानी नजानी
.......................................................
मेरो संगत गर्नेबेला फुल जस्तै थियौ
घमण्डकि खानि  भयौ  नजानी नजानी
.........................................................
तिम्लाई बिर्सुं भन्छु ,मन मान्दै मान्दैन
आखिर किन बिरानी भयौ  नजानी नजानी
...............................................................
मेरो राजा भन्दा तिम्ले,  मेरी रानी भनेकै थें
आजकल कसकी रानी  भयौ  नजानी नजानी

Friday, February 9, 2018

११ मुक्तक :कतै भेटिएन

लजाउंदै झुक्ने शीर कतै भेटिएन
चित्त बुझ्ने तस्वीर  कतै भेटिएन
प्रेमिकाको रहर जागी कति खोजियो
अहँ ,भनेजस्तो आखिर  कतै भेटिएन!!

१० मुक्तक :मिठो बोलेर

यो जिन्दगि केके भयो मिठो बोलेर
सम्बन्ध टाल्यो सिलायो  मिठो बोलेर
हरबखत मलाइ साथ दिन्छु भन्थ्यो आखिर
ढुंगाको खिचडी पकायो गयो  मिठो बोलेर!!

९ मुक्तक :हक जमाउंदै

इशाराले हान्छौ भन्छे हक जमाउंदै
किन दिमाग खान्छौ भन्छे हक जमाउंदै
सानै छु दुइचार बर्ष कुर प्रिया भन्दा
मलाइ कहिले लान्छौ भन्छे हक जमाउंदै !!

Thursday, February 1, 2018

८ मुक्तक :बिचार गरेर

तिमीसंग मेरो लत बिचार गरेर
अरुसंग मेरो नियत बिचार गरेर
तिम्रा छोराको बाउ बन्न ठिक छु कि छैन
आँट गर है हैसियत बिचार गरेर !!

गजल : अति आउँछन

मेरो बन्देउ भन्ने प्रस्ताव अति आउँछन
त्यस्ता 
प्रस्ताव हजुरलाई कति आउँछन?
.....................................................
कुरामा त हजुर तछाड र मछाड
तर काममा  सुस्त गति आउँछन

..................................................
रास्ट्रको पिता बन्नुपरने  बेला
किन त्यस्ता तुच्छ मति आउँछन ?

.....................................................
अदालत क्याम्पस जस्ता हर क्षेत्रमा
नियुक्ति भन्दा पहिला राजनीति आउँछन !!
........................................................

हजुरबालाई डोकोबाट फाल्नै लाग्दा खेरि 
बाउसँग डोको माग्न नाति आउँछन !!
.

मुक्तक

 एकले अर्काको पोल खोल्न सक्छ एकदिन  विद्रोहको आवाज बोल्न सक्छ एकदिन  छिमेकीको घरमा आगो लगाई ढुक्क नबन  त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...