Friday, August 30, 2019

तीन मुक्तक
 २.
आज आफ्नै कारणले बदनामी खाएको छ
तिम्ले गर्दा देश नै आज बिरामी खाएको छ
हिजो आफै निरङ्कुशताको मलामी गको मान्छे
आज टेबल माथी चढ्दै सलामी खाएको छ ।।

२.
मान्छे चिन्न हठात भएछ,मेसो पाइएन
आफ्नै बाट घात भएछ, मेसो पाइएन
महँगो घडी उपहार पाई मख्ख परेँ म त
तर समय बर्बाद भएछ ,मेसो पाइएन ।।

३.
बस छैन रकेट सुहाउला र शाशक
कालो धन्दा ठुलो पेट सुहाउला र शाशक
थोरै बिरोध गर्ने भने शत्रु हाँश्यो भन्छौ
हिलोमाथी रातो कार्पेट सुहाउला र शाशक ।। 

मुक्तक

 एकले अर्काको पोल खोल्न सक्छ एकदिन  विद्रोहको आवाज बोल्न सक्छ एकदिन  छिमेकीको घरमा आगो लगाई ढुक्क नबन  त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...