तीन मुक्तक
२.
आज आफ्नै कारणले बदनामी खाएको छ
तिम्ले गर्दा देश नै आज बिरामी खाएको छ
हिजो आफै निरङ्कुशताको मलामी गको मान्छे
आज टेबल माथी चढ्दै सलामी खाएको छ ।।
२.
मान्छे चिन्न हठात भएछ,मेसो पाइएन
आफ्नै बाट घात भएछ, मेसो पाइएन
महँगो घडी उपहार पाई मख्ख परेँ म त
तर समय बर्बाद भएछ ,मेसो पाइएन ।।
३.
बस छैन रकेट सुहाउला र शाशक
कालो धन्दा ठुलो पेट सुहाउला र शाशक
थोरै बिरोध गर्ने भने शत्रु हाँश्यो भन्छौ
हिलोमाथी रातो कार्पेट सुहाउला र शाशक ।।