Sunday, December 15, 2019

मुक्तक : कल्पनामा केके आयो

कल्पनामा केके आयो तिमि कता छ्यौ
अब ठिक्क उमेर भयो तिमि कता छ्यौ
बाजागाजा,जन्तीहरु जब देखेँ हिजो
तब रहर पलायो तिमी कता छ्यौ !

गजल: बुझियो शव्दैशव्दको जालो पनि

बुझियो शब्दैशब्दको जालो पनि
भोगियो श्वार्थीहरुको अंगालो पनि

नाना माना र छानाको आशै आशमा
बुझाइयो कागजपत्रको सँगालो पनि

लास त आखिर दाजुभाइले बोक्नुपर्ने थियो
तर अँह पाइएन यहाँ खेतालो पनि

बकेट र ब्यागेज ले आजकल यस्तो बनाइदियो
बन्दैनन अब गाउँमा डोको पनि डालो पनि

अरे मान्छेहरु झणडामा किन खर्च गर्छन
पाइएन शरीर ढाक्न एउटा टालो पनि  

Thursday, December 5, 2019

कविता: जिन्दावाद

जिन्दावाद 

आजकल माहुरीहरु 

माहुरीजस्ता छैनन् ,

घन घोटेर वन्चरो बनाउनेहरु
काम छाडेर जिन्दावाद भनेका छन् ,
आजकल माहुरीहरु
माहुरीजस्ता छैनन्,
जिन्दावाद भन्दै भुन्भुनाइरहन्छन् ।


उनीहरु 
जिन्दावाद विना जीन्दगी मुश्किल ठान्छन,
मेहनतलाइ विश्वास गर्न छाडेका छन् ,
जीवनको दर्शन फेरेका छन्,
नातावाद -जिन्दावाद,
कृपावाद -जिन्दावाद ,

चाकडी -जिन्दावाद ,
चाप्लुसी -जिन्दावाद ।

 कर्मी माहुरीहरु
रानी बन्न खोज्छन,

घारभित्र सुँढ जुदाई चलेको छ ,
त्यसैले  आजकल 
घारमा मह भेटिन छाडेको छ ,
आजकल माहुरीहरु

 माहुरीजस्ता छैनन् ।
शक्ती - जिन्दावाद 
सम्पत्ती -जिन्दावाद
पद -जिन्दावाद
प्रतिष्ठा -मुर्दावाद 

इमान हात्तीको दांत जस्तो,  
बुद्दी अष्ट्रिचको पखेटा जस्तो,
व्यहोरा वादरको जस्तो, 

बोली कागको जस्तो, 
पेट जुकाको जस्तो,
आवरण छेपारो जस्तो ,
आजकल माहुरीहरु
माहुरीजस्ता छैनन् ।


अब

माहुरीहरु सुध्रियून र भनून्,
पाखुरा -जिन्दावाद ,
पसिना -जिन्दावाद ,
प्रतिष्ठा -जिन्दावाद ।




मुक्तक

 एकले अर्काको पोल खोल्न सक्छ एकदिन  विद्रोहको आवाज बोल्न सक्छ एकदिन  छिमेकीको घरमा आगो लगाई ढुक्क नबन  त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...