Tuesday, June 2, 2020

कबिता : बेताल

पालैपालो देश
बेताल बेताल मै दगुरीरहेछ
सनही हिमाल तिर
ढोलक पहाड तिर
ट्याम्को मधेश तिर
बज्छन एक्लै बाजहरु
कर्कस आवाजसरी
हेर्छन आफ्नै जुहारी ।

सत्ता र स्वार्थ भनेपछी
बम पड्काउँछन्
जनता भड्काउँछन्
बेतालको यो खेतबारी मा
गोरु चुट्छन् ,हलो अड्काउँछन् ।

नामका लागि होइन
बद्नामका लागि
बेकाम बेकाममै डुलिरहेछन्
जनता अचम्मित छन्
आजित छन्
हरामखोरहरुलाइ पाल्दा पाल्दा
केवल सक्छन त
बहस गर्न
यो राजा ठिक
या
त्यो राजा ठिक ??

Monday, June 1, 2020

मुक्तक


सकेजती जनतालाई कष्ट दिएको छ
जताततै प्रतिनिधि भ्रष्ट दिएको छ
कोरोनाले मर वा भोकमरीले मर
सरकारले बिकल्प स्पष्ट दिएको छ ।।

मुक्तक

 एकले अर्काको पोल खोल्न सक्छ एकदिन  विद्रोहको आवाज बोल्न सक्छ एकदिन  छिमेकीको घरमा आगो लगाई ढुक्क नबन  त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...