Wednesday, July 25, 2018

१.
छुट्टाछुट्टै कहानी कुरा मिल्ला र 
फरकफरक आनीबानी कुरा मिल्ला र 
घर हेर्छन ,सम्पत्ति हेर्छन ,कुन्नि केके हेर्छन 
हुँदाखानी हुनीखानी  कुरा मिल्ला र !!
२.
जिन्दगीमा खासै क्यै आर्जन भएन 
जीविका  धान्ने जीविकोपार्जन भएन 
तिमीलाई भुल्न नचाहेको होइन  मैले पनि 
तर यो सम्झिने मन परिमार्जन भएन !!
3.
मिलन बिछोड छुट्टाछुट्टै पाटो रहेछ
दुखद कुरा दुई मनको फाटो रहेछ
खुट्टा भए जुत्ता कतिकति भन्नेकुरा
आखिर चित्त बुझाउने बाटो रहेछ !!

Tuesday, July 24, 2018

साहित्य संग्रहालय

http://sahityasangraha.com/2018/07/23/%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%B9%E0%A4%BE%E0%A4%B0-3/

कथा :सम्धिनी

    दुइ वर्षको प्रेमिल सम्बन्धपछी अस्मितासँग बोलचाल बन्द भएको त्यस्तै एक साता भएको थियो । ठ्याक्कै कलेजको गेटमा जम्काभेट भयो। त्यसरी निफ़ुल्किएर हिडेकी ऊ बोल्ने त कुरै थिएन ,आँखा सिधा पारेर हेर्दा पनि हेरिन । मन थकथक भयो । लास्ट यिएर को विधार्थी उसको चिन्ता त छँदै थियो अझ अब के गर्ने ,कता सेटल हुने भन्ने कुराले निकै कन्फ्युज्ड बनाएको थियो ।
      परीक्षा सकाएर अब्रोड स्टडीका लागि तयारी गर्न राजधानी गएँ।एउटा कन्सल्ट्यान्सीमा पार्ट टाइम जागिर गर्दै तयारी गर्दै थिएँ । दुइ महिना पछी अन्तिम सेमेस्टरको रिजल्ट आयो । मार्कशिट लिन फेरी पोखरा जानुपर्ने भयो । कन्सल्ट्यान्सीबाट तिन दिनको विदा मिलाएर पोखरा हानिएँ । कलेज के पसेको थिए ,त्यहाँ अस्मितालाई कसैले छाता ओडाएर हिंडिरहेको देखें ,जससँगको सम्बन्धका बारेमा बाहिर केहि गाइंगुँई सुनिइसकेको थियो। डाहा लाग्यो ,लागेर के गर्नु ?  उसलाई बोलाउन खोजें ,आँट आएन ,अनि खुट्टा भए जुत्ता कतिकति भनेर चित्त बुझाएँ ।




      “खुट्टा भए  जुत्ता कतिकति” यो त चित्त बुझाउने बाटो न थियो । मनबाट मायाँ गरेको मान्छेलाई यति सजिलै  बिर्सिन कहाँ सकिन्थ्यो र
? एउटी चल्चले ,मिजासिली अनि मायाँ लाग्दी केटि हरबखत मस्तिकमा आइरहन्थी !  सम्बन्धमा यसरी फाटो आउला भनेर कहिल्यै सोचेको थिइन ।  

उसँगको पहिलो भेट
,त्यसपछिका रमाइला भेटहरु , झरीमा एउटै छाताभित्र बिताएका पलहरु , एउटै प्लेटका ममका यादहरु , मस्तिस्कमा बारम्बार आइरहेका थिए । बिगतमा पनि ऊ रिसाउँथी ,मैले पनि फकाउन सकेको थिए  । उसलाई फकाएर मनाउनुको मज्जा पनि बेग्लै थियो । उ निफुल्कि रहन्थी ,तैपनि म ढुक्क थिएँ ,उसले मायाँ गर्थी । कलेजभर साथीहरु  मलाइ उसकै नामबाट जिस्काउँथे । साथीहरुलाई भन्दा ज्यादा समय उसलाई दिन परेकाले साथीहरु गुनासो गरीरहन्थे । तैपनि साथीहरु समझदार थिए रत मेरो जिन्दगी बिन्दास साथ चलेको थियो ।  सम्बन्ध सुरु भएको केहि दिनमै मैले चुरोट पिउने कुरा उसले थाहा पाइछे । त्यसपछि “कि मलाई छाड कि चुरोट छाड” भन्ने अल्टिमेटम दिई । उसलाई छाड्ने त कुरै थिएन । चुरोट छाड्न वाध्य भएँ । आजकल त्यही चुरोट फेरी मेरा औंलाका विचमा आउन थालेको थियो । मेरो हालत खराव देखेर साथीहरु सम्झाउन खोज्थे तर उसको याद मेटाउने विकल्प बनेको चुरोट मैले कसरी छाड्न सकूँ?

     परिवारमा अभाव
, गरिवी अनि देशमा वेरोजगारीका कारण म बिदेशिएँ । शुरुशुरुका दिनमा त  दिनहरु उसकै यादमा बित्थे । विस्तारै युनिभर्सिटी र जागिरको पेलान मा भुल्दै गएँ । कमाइ सन्तोषजनक अनि पढाइ काम चलाउ चलिरहेकै  थियो ।

युनिभर्सिटीमा नेपालीहरु थुप्रै थिए । हामी नेपालीहरु नजिक नजिक बस्थ्यौं
,दुखसुख बाँड्थ्यौं । जे होस् परिवार जस्तै भएर बसिएको थियो । त्यसै क्रममा स्याङ्जाकि एकजना सन्ध्या नाम गरेकी केटीसँग भेट भयो । उनि हामीभन्दा दुइ वर्ष जुनियर थिइन ।पारिवारिक हैसियत,धन दौलत सबै उस्तै भएकाले हामीविच कुनै ग्याप आएन,घुलमिल हुँदै गयौं । पछी नेपाल आएपछि उसैसँग बिहे भयो ।मैले एउटा कन्सल्ट्यान्सिमा जागिर गर्न थालें अनि उसले एउटा बैंकमा ! ममीले “नातिनातिनाको मेशोमेलो के छ” भन्दै जिस्काइरहनुहुन्थ्यो।तर त्यो बारे सोचिसक्ने बेला भएको थिएन । त्यसको केहि वर्षमा बुवाममिको इच्छ्या पनि पुरा भयो । उहाँहरुले नाती पाउनुभयो । हामीले छोरा पायौं । ममिकै रोजाइमा उसको नाम सौभाग्य राखियो ।
             सौघाग्य एक
,दुइ ,तिन वर्ष हुँदै ठुलो हुँदै गयो । पढाइ मा तेज नै थियो । अन्य बाहिरी काममा पनि टाँठो थियो । जे होस् सौभाग्यको बाबा भन्दा गर्व गर्न सकिएको थियो । यसरी नै उसले राम्रो अंकका साथ् एस.एल.सी. पास गर्यो  । प्लस टु मा पनि राम्रै गर्यो । त्यसपछि उसलाई एम.बि.बि.एस.को तयारीका लागि काठमाडौं पठायौं । जे होस् उसले भनेकै ठाउँमा पढ्न पायो । परिवारमा अर्को खुसि थपियो । उसको एम.बि.बि.एस. नसकिंदै बुवाममिले अब नातिनिबुहारीको माग गर्न थालिसक्नुभएको थियो । तर उसको बिहे गरिदिने बेला भएको  थिएन । ममिबुवाको कुरालाई ऊ “ ढुक्क हुनुस,तपाइहरुले खोजेजस्तै बुहारी ल्याउँछु” भनेर टारिदिन्थ्यो ।
       उसलाई एम.डी को लागि बाहिर पठाउने कुरा भयो । उसले स्कलरशिप मै एम.डी पढ्न पाउने भयो । अन्तत: ऊ अमेरिका गयो । बुहारी चाहियो भनेर बुवाममी उसलाई जिस्काइरहनुहुन्थ्यो। अब त हामीलाई पनि बुहारीको खाँचो भएको आभास भएको थियो।उ जवाफ दिन्थ्यो “आएपछि बुहारी पाउनुहुन्छ
,ढुक्क हुनुहोस।”
      एम.डी. सकेर  सौभाग्य नेपाल फर्कियो । घरमा फेरी अर्को खुशी थपियो । अब हामी भित्र भित्र उसलाई केटि खोज्न लागि परेका थियौं। कुरा बुझ्दै जाँदा बुहारी त पहिल्यै खोजिसकेको रहेछ । एम.बि.बि.एस. पढ्दै गर्दा मायाँमा परेका रहेछन । केटिको नाम ज्योती रहेछ ।
अब उसको घरमा कुरा गर्ने तयारी गर्यौं । कुरा नमिल्ने केहि थियन । सहमतिअनुसार नै टिकाटालाको शुभ-साइत तोकियो
, ज्योतिको घरमा बैशाख १४ गते जाने निधो गरियो ।
         हामि चौध-पन्ध्रजना जति उसको घरतर्फ लाग्यौं । सौभाग्य मख्ख परेको थियो । गाडीबाट झर्नासाथ आमा -समुहको स्वागत पाइयो । ज्योतिको घरको गेट खुल्यै थियो। बाहिर कुर्चीहरु राखिएका थिए ।गएर बस्यौं । ज्योतिले जुस लिएर आइन। ज्योति सुन्दर थिइन्
, उस्तै टाँठी थिइन्! वत्तिस लच्क्षिणकि भन्दा फरक पर्दैनथ्यो । जे होस् म बुहारी देखेर सन्तुष्ट थिएँ । ज्योतिका बाबा हामीसँग गफ गरिरहेका थिए । ज्योतिकी आमा बाहिर थिइनन ।सोध्ने कुरा पनि भएन ,सायद किचनमा बिजी थिइन होला । हामीलाई खाना खान डाइनिंग मा लगियो । खाना खायौं । ज्योतिकी ममी किचन मै थिइन् , थप्ने काम उसकी बहिनी र उसका साथीले गरिरहेका थिए ।
       खाना खाइसकेपछी टिका लगाउने कार्यक्रम चल्दै थियो । पहिला ज्योति र सौभाग्यले टिका लगाउने काम भयो । त्यसपछि मलाइ टिका लगाउन ज्योतिका बाबा र ममी आए । उसकी ममीले टाउको रुमाल ले छोपेकी थिइन् । कताकता देखेदेखेजस्तो लागेको थियो । तर ठम्याउन सकेको थिइन् ।ज्योतिका बाबाले “ल सम्धी ज्यू
,नयाँ नाता गास्न लागियो ,हामीलाई बधाई छ” भन्दै टिका लगाइदिए ।ज्योतिकी ममी टिका लिएर मेरो निधार तिर हात तेर्साएकी के थिइन्, मैले पत्तो पाइहालें , उनि अरु कोहि नभएर उही अस्मिता रहिछिन । आँखामा आँशु भरिए ,देखाउन मिलेन । हतार हतार टिका लगाउन अर्कोलाई बोलाएँ ।





Saturday, July 21, 2018

कथा : सम्धिनी

                       
                                                                                                  
    दुइ वर्षको प्रेमिल सम्बन्धपछी अस्मितासँग बोलचाल बन्द भएको त्यस्तै एक साता भएको थियो । ठ्याक्कै कलेजको गेटमा जम्काभेट भयो। त्यसरी निफ़ुल्किएर हिडेकी ऊ बोल्ने त कुरै थिएन ,आँखा सिधा पारेर हेर्दा पनि हेरिन । मन थकथक भयो । लास्ट यिएर को विधार्थी उसको चिन्ता त छँदै थियो अझ अब के गर्ने ,कता सेटल हुने भन्ने कुराले निकै कन्फ्युज्ड बनाएको थियो । 
      परीक्षा सकाएर अब्रोड स्टडीका लागि तयारी गर्न राजधानी गएँ।एउटा कन्सल्ट्यान्सीमा पार्ट टाइम जागिर गर्दै तयारी गर्दै थिएँ । दुइ महिना पछी अन्तिम सेमेस्टरको रिजल्ट पनि आयो । मार्कशिट लिन फेरी पोखरा जानुपर्ने भयो । कन्सल्ट्यान्सीबाट तिन दिनको विदा मिलाएर पोखरा हानिएँ । कलेज के पसेको थिए ,त्यहाँ अस्मितालाई कसैले छाता ओडाएर हिंडिरहेको देखें ,जससँगको सम्बन्धका बारेमा बाहिर केहि गाइंगुँई सुनिइसकेको थियो। डाहा लाग्यो ,लागेर के गर्नु ?  उसलाई बोलाउन खोजें ,आँट आएन ,अनि खुट्टा भए जुत्ता कतिकति भनेर चित्त बुझाएँ ।
       रिजल्ट आएको दुइ महिनापछी क्यानाडा को भिजा लाग्यो । करिव पांच बर्षमा अध्ययन र केहि काम गरेर नेपाल फर्कें । घर परिवारकै सल्लाहमा बुवाको साथीको छोरी सन्ध्यासंग बिहे भयो। बिहे भएको केहि समयमा हामी दुवैजना फेरी क्यानाडा गयौं । उसको अध्ययन चलेकै थियो
,मैले जसोतसो केहि कमाएको थिएँ । जे होस् परिवार खुसीसाथ चलिरहेको थियो । यता ममीले “नातिनातिनाको मेशोमेलो के छ” भन्दै जिस्काइरहनुहुन्थ्यो।तर त्यो बारे सोचिसक्ने बेला भएको थिएन । दुइ बर्षपछी उसको एम.बि.ए पनि सकियो । त्यसपछि हामी नेपाल फर्क्यों ।
       मैले एउटा कन्सल्ट्यान्सिमा जागिर गर्न थालें अनि उसले एउटा बैंकमा ! बुवाममिको कचकच जेन को तेन थियो । नभन्दै नेपाल आएको एक वर्षमा बुवाममिको इच्छ्या पनि पुरा भयो । उहाँहरुले नाती पाउनुभयो । हामीले छोरा पायौं । ममिकै रोजाइमा उसको नाम सौभाग्य राखियो ।
       सौघाग्य एक
,दुइ ,तिन वर्ष हुँदै ठुलो हुँदै गयो । पढाइ मा तेज नै थियो । अन्य बाहिरी काममा पनि टाँठो थियो । जे होस् सौभाग्यको बाबा भन्दा गर्व गर्न सकिएको थियो । यसरी नै उसले राम्रो अंकका साथ् एस.एल.सी. पास गर्यो  । प्लस टु मा पनि राम्रै घर्यो । त्यसपछि उसलाई एम.बि.बि.एस.को तयारीका लागि काठमाडौं पठायौं । जे होस् उसले भनेकै ठाउँमा पढ्न पायो । परिवारमा अर्को खुसि थपियो । उसको एम.बि.बि.एस. नसकिंदै बुवाममिले अब नातिनिबुहारीको माग गर्न थालिसक्नु भएको थियो । तर उसको बिहे गरिदिने बेला भएको  थिएन । ममिबुवाको कुरालाई ऊ “ ढुक्क हुनुस,तपाइहरुले खोजेजस्तै बुहारी ल्याउँछु” भनेर टारिदिन्थ्यो ।
       उसलाई एम.डी को लागि बाहिर पठाउने कुरा भयो । उसले स्कलरशिप मै एम.डी पढ्न पाउने भयो । अन्तत: ऊ अमेरिका गयो । बुहारी चाहियो भनेर बुवाममी उसलाई जिस्काइरहनुहुन्थ्यो। अब त हामीलाई पनि बुहारीको खाँचो भएको आभास भएको थियो।उ जवाफ दिन्थ्यो “आएपछि बुहारी पाउनुहुन्छ
,ढुक्क हुनुहोस।”
      एम.डी. सकेर  सौभाग्य नेपाल फर्कियो । घरमा फेरी अर्को खुशी थपियो । अब हामी भित्र भित्र उसलाई केटि खोज्न लागि परेका थियौं। कुरा बुझ्दै जाँदा बुहारी त पहिल्यै खोजिसकेको रहेछ । एम.बि.बि.एस. पढ्दै गर्दा मायाँमा परेका रहेछन । केटिको नाम ज्योती रहेछ ।
     अब उसको घरमा कुरा गर्ने तयारी गर्यौं । कुरा नमिल्ने केहि थियन । सहमतिअनुसार नै टिकाटालाको शुभ-साइत तोकियो
, ज्योतिको घरमा बैशाख १४ गते जाने निधो गरियो ।
         हामि चौध-पन्ध्रजना जति उसको घरतर्फ लाग्यौं । सौभाग्य मख्ख परेको थियो । गाडीबाट झर्नासाथ आमा -समुहको स्वागत पाइयो । ज्योतिको घरको गेट खुल्यै थियो। बाहिर कुर्चीहरु राखिएका थिए ।गएर बस्यौं । ज्योतिले जुस लिएर आइन। ज्योति सुन्दर थिइन्
, उस्तै टाँठी थिइन्! वत्तिस लच्क्षिणकि भन्दा फरक पर्दैनथ्यो । जे होस् म बुहारी देखेर सन्तुष्ट थिएँ । ज्योतिका बाबा हामीसँग गफ गरिरहेका थिए । ज्योतिकी आमा बाहिर थिइनन ।सोध्ने कुरा पनि भएन ,सायद किचनमा बिजी थिइन होला । हामीलाई खाना खान डाइनिंग मा लगियो । खाना खायौं । ज्योतिकी ममी किचन मै थिइन् , थप्ने काम उसकी बहिनी र उसका साथीले गरिरहेका थिए ।
       खाना खाइसकेपछी टिका लगाउने कार्यक्रम चल्दै थियो । पहिला ज्योति र सौभाग्यले टिका लगाउने काम भयो । त्यसपछि मलाइ टिका लगाउन ज्योतिका बाबा र ममी आए । उसकी ममीले टाउको रुमाल ले छोपेकी थिइन् । कताकता देखेदेखेजस्तो लागेको थियो । तर ठम्याउन सकेको थिइन् ।ज्योतिका बाबाले “ल सम्धी ज्यू
,नयाँ नाता गास्न लागियो ,हामीलाई बधाई छ” भन्दै टिका लगाइदिए ।ज्योतिकी ममी टिका लिएर मेरो निधार तिर हात तेर्साएकी के थिइन्, मैले पत्तो पाइहालें , उनि अरु कोहि नभएर उही अस्मिता रहिछिन । आँखामा आँशु भरिए ,देखाउन मिलेन । हतार हतार टिका लगाउन अर्कोलाई बोलाएँ ।


               

Thursday, July 19, 2018

हिरासतको दोस्रो अनुभूति

                                        हिरासतको दोस्रो अनुभूति

त्यो कसैको 
 बिरोध थिएन ! 
कसैलाई उचाल्नु थिएन ,कसैलाई पछार्नु थिएन। गरिवको स्वास्थ्य र शिक्षाको पहुँच होस् भनेर अनसन बसेको एउटा बुढो नमरोस भनेर गरिएको सानो प्रयास मात्र थियो ! गणतन्त्र आएपछि साना ठुला हुन्नन् भन्ने बुझेको थिएँ ,तर भोगेको थिइन !
         एउटा सामान्य व्यक्तिको छोरो म ,प्रधानमन्त्रीलाइ वान टु वान  कुरा सुनाउने हैसियत मेरो पक्का  पुग्दैन !हाम्रा  बिज्ञप्ति ,मागपत्रहरु उनीहरुलाई छिस्स नि लाग्दैन !त्यसकारण सडकसंघर्ष एउटा राम्रो विकल्प    थियो 

      गरीवहरुले ,दूरदराजका किसानका छोराछोरीले पनि शिक्षामा पहुच पुगोस ,सिटामोल नपाएर कसैले प्राण त्याग्न नपरोस , गर्भवतिहरु अस्पताल जाँदाजाँदै अकालमा मर्नु नपरोस ,साधारण व्यक्तिको वाक स्वतन्त्रता कायम रहोस , शिक्षाको र   स्वास्थ्यको निजीकरण क्रमिक रुपले अन्त्य गरियोस भन्ने आशयका साथ आफ्नो ज्यान हत्केलामा राखेर जुम्ला पुगेको एउटा बुढो मरोस भन्ने म चाहन्नथें 

     बुढो डाक्टरको अनसन , चिकित्सक,विधार्थीहरुको दवाबले कानमा वतास नपसेको सरकार लाइ केहि चेतावनी दिन सकिन्छ भन्ने आशयका साथ हामीले सडक संघर्षको बाटो रोजेका थियौं 
। प्रदेशसभा वरिपरी प्रहरीहरु बाटो खाली बनाउन ब्यस्त थिए । बटुवाहरुलाई समेत आवतजावतमा रोक लगाइएको थियो । एउटा जनताको छोरा प्रधानमन्त्री भएपछी सामान्य जनता र प्रधानमन्त्रीविच  यति ठुलो विवेध हुन्छ भन्ने लागेको थिएन । त्यसपछि झन् आक्रोशित भएँ । कुनै संगठनमा लागेको शंका पाउनासाथ प्रहरीले पक्राउ गर्न शुरु गरेको थियो । यस्तैमा मलाइ पनि एक प्रहरी दाइले समाते । त्यसपछि त्यहाँ जम्मा भएका बिधार्थी साथीहरुले "डाक्टर केसीको जीवन रक्षा गर , माथेमा आयोगको प्रतिवेदन कार्यान्वन गर ,अनावश्यक  धरपकड बन्द गर , वाक स्वतन्त्रता कायम गर" भनेर नाराबाजी गर्न शुरु गर्नुभयो । त्यसपछि हामीलाइ एउटा ट्रकभित्र कोचियो 

             केहीछिनको नारावाजीपछी हामीलाई जिप्रका पुर्याइयो । हामि लगभग पच्चीस जाना जति थियौं चारजना नयाँ शाक्ति विधार्थी युनियनका र अरु  नेविसंका साथीहरु 
हामीलाई कसैको सरकार ढलाउनु थिएन 
हामि शेरबहादुर प्रधानमन्त्री हुँदा नि डाक्टर गोविन्द केसीलाई साथ दिएका थियौं , प्रचण्ड प्रधानमन्त्री  हुँदा नि साथ  दिएका  थियौं अनि ओली हुँदा नि साथ् दिइरहेका छौं । कसैका मागलाई लियर सत्ता परिवर्तनको मसला बनाउनु हामीलाई थिएन ।जिन्दावाद मुर्दावाद गर्नु हामीलाई थिएन ! जनमतको कदर गर्दै अगाडी बढ्छ ,चुनावी घोषणापत्रअनुसार अगाडी  बढ्छ भन्ने अपेक्षा थियो तर त्यो फिटिक्कै पाइएन । उल्टै सरकार जनताका कुरा नसुनी दमनकारी नीतिका साथ अघि बढ्दै गयो ।त्यो  खप्न नासकेर कालो झण्डा देखाउने तयारी गरेका थियौं ।

चौतर्फी विधार्थीको दवावपछी अन्ततः प्रहरी हामीलाई      छाड्न वाध्य भयो ।
आन्दोलन नि गरियो तर एउटा झुण्ड जो हिजो डाक्टर केसीलाई पागल भन्थ्यो आज ओलीलाई पागल भनेको छ । आन्दोलनमा जाने अनि के बिषयमा आन्दोलन गर्दै छु नजान्ने आन्दोलनकारी पनि देखियो । डाक्टर केसी सरकार परिवर्तनका मसला होइनन । डाक्टर केसी सरकारका विपरीतार्थक पनि  होइनन। 

र अन्त्यमा डाक्टर केसीका माग हाम्रा माग हुन् ।उनि कुनै एमाले (नेकपा) लाइ पत्तासाफ बनाउन ,कांग्रेसलाई उकास्न , साझा बिबेकशील,नयाँ शक्तिलाई उकास्न , विधार्थीलाई पलायन गराउन लागि परेका होइन । सत्यलाई सत्य भन्न पार्टीको आदेश नकुरौं । उहि  माग राखेर शेरबहादुर प्रधानमन्त्री हुँदा अनसन बस्दा सहि माग हुने, अनि ओली प्रधानमन्त्री हुँदा गलत हुने पक्कै हुँदैन ।
तपाईंको मौनता तत्काल तपाईंको पार्टीलाई र पार्टीका मान्छेलाइ फाइदा भएपनि दिर्घकालिन रुपमा तपाईंलाइ , तपाईंको परिवारलाइ र तपाईंको सन्ततिलाई पक्कैपनि फाइदा गर्दैन ।तत्कालिन सत्ताको स्वार्थ भनेको मुतको न्यानो जस्तै होइन र ??
news link 1.:https://www.facebook.com/LiveNews.np/videos/959876337518803/?hc_ref=ARRv7L0KleNLv_4hEmrIjRxaVAhNTSkgXSas9vI-i-zwxPC-ZQ6dO9V0-4mW0QJ3wmU
2.http://www.nuwakotexpress.com/archives/21771
3.https://www.onlinekhabar.com/2018/07/693515?utm_source=Facebook&utm_medium=FBpage1
4.http://merosamaya.com/2018/07/19/18503/

मुक्तक

 एकले अर्काको पोल खोल्न सक्छ एकदिन  विद्रोहको आवाज बोल्न सक्छ एकदिन  छिमेकीको घरमा आगो लगाई ढुक्क नबन  त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...