१.
छुट्टाछुट्टै कहानी कुरा मिल्ला र
फरकफरक आनीबानी कुरा मिल्ला र
घर हेर्छन ,सम्पत्ति हेर्छन ,कुन्नि केके हेर्छन
हुँदाखानी हुनीखानी कुरा मिल्ला र !!
२.
जिन्दगीमा खासै क्यै आर्जन भएन
जीविका धान्ने जीविकोपार्जन भएन
तिमीलाई भुल्न नचाहेको होइन मैले पनि
तर यो सम्झिने मन परिमार्जन भएन !!
3.
मिलन बिछोड छुट्टाछुट्टै पाटो रहेछ
दुखद कुरा दुई मनको फाटो रहेछ
खुट्टा भए जुत्ता कतिकति भन्नेकुरा
आखिर चित्त बुझाउने बाटो रहेछ !!
No comments:
Post a Comment