छुट्टाछुट्टै कहानी मिल्ला र प्रिया
फरकफरक आनीबानी मिल्ला र प्रिया
वर्गीय अन्तर बढ्दै गएपछि
हुदाँखानी हुनेखानी मिल्ला र प्रिया ?
Friday, May 18, 2018
Sunday, May 13, 2018
२५-२७ मुक्तक पुरानो २
१.
चोर देशको माली हुन्छ कहिले सम्म
राम्रोलाई गाली हुन्छ कहिलेसम्म
देशका सम्पदा बेचिंदै गए
अव देश खाली हुन्छ कहिलेसम्म ??
२.
उधोग र कारखाना गाउमा नभएर
घरजग्गा सम्पत्ति नाउँमा नभएर
हजुर ! बेरोजगार छु आजसम्म
आफन्त र नातागोता ठाउँमा नभएर !!
३.
सत्ता र स्वार्थका खेल प्रस्टै बुझिन्छन
एक अर्काका जालझेल प्रस्टै बुझिन्छन
कहिले छोरीका लागी कहिले बुहारीका लागी
यी राजीनितिक तालमेल प्रस्टै बुझिन्छन !!
१४-२४ पुरानो मुक्तकहरु १
१
गरिन्छ आम्दानी नदि नालाबाट
कृषिमा क्रान्ति दोका डालाबाट
यदि समयमै हामीलाई साथ् दिनुभयो भने
सम्भव छ सम्वृद्दी हाम्रै पालाबाट !!
२.
सार्वभौम आफैले धान्न चाहन्छन
प्रत्यक्ष कार्यकारी छान्न चाहन्छन
अब के हुन्छ पारिदेउ प्रस्ट
नेपाली जनता जान्न चाहन्छन !!
३.
गुट र उपगुट लोकतन्त्रमा
तोकेको ब्रह्मलुट लोकतन्त्रमा
कानुन भन्दा माथि कानुन उसकै हातमा
जे गरेनी छुट लोकतन्त्रमा !!
४.
जिन्दगीमा खासै क्यै आर्जन भएन
जीविका धान्न जीविकोपार्जन भएन
तिमीलाई भुल्न जति प्रयास गरेपनि
यो सम्झिने मन परिमार्जन भएन !!
५.
जो आउँछन् आउने बेला कुशल बनेर
फर्कन्छन फर्किंदा खल बनेर
पस्नेबेला सियो बनि पस्नेहरु उनै थिए
जो निस्के निस्कँदा मुशल बनेर !!
६.
दुश्मनलाई गोली चलाइदिए हुन्छ
असक्षम सरकार ढलाइदिए हुन्छ
साँच्चै निकास र विकास चाहिएको भए
सरकारको नेतृत्व मलाइ दिए हुन्छ !!
७.
बिगार्छ फेसबुकले सपार्छ फेसबुकले
नभएका माया पिरिम पार्छ फेसबुकले
सत्यतथ्य नबुझी होहल्लाकै पछी लाग्दा
आजकल ज्युँदै मान्छे मार्छ फेसबुकले !!
८.
स्वतन्त्रा ल भो यहाँ
रास्त्रियता भो यहाँ
पैसाले नै सबथोक हुने
मिहिनेती फेल भो यहाँ !!
९.
हावा छेक्ने पानी छेक्ने घर पाएसी
सुखी र खुसि हुने वर पाएसी
अझै किन चिन्ता लिन्छौ प्रिया
पछाडी लामिछाने थर पाएसी !!
१०.
जताततै हाहाकार र मारामार छ यहाँ
धरौटीको विकल्पमा कारागार छ यहाँ
नाथे सजायंको के चिन्ता मलाइ
आफ्नै पार्टीको सरकार छ यहाँ !!
गरिन्छ आम्दानी नदि नालाबाट
कृषिमा क्रान्ति दोका डालाबाट
यदि समयमै हामीलाई साथ् दिनुभयो भने
सम्भव छ सम्वृद्दी हाम्रै पालाबाट !!
२.
सार्वभौम आफैले धान्न चाहन्छन
प्रत्यक्ष कार्यकारी छान्न चाहन्छन
अब के हुन्छ पारिदेउ प्रस्ट
नेपाली जनता जान्न चाहन्छन !!
३.
गुट र उपगुट लोकतन्त्रमा
तोकेको ब्रह्मलुट लोकतन्त्रमा
कानुन भन्दा माथि कानुन उसकै हातमा
जे गरेनी छुट लोकतन्त्रमा !!
४.
जिन्दगीमा खासै क्यै आर्जन भएन
जीविका धान्न जीविकोपार्जन भएन
तिमीलाई भुल्न जति प्रयास गरेपनि
यो सम्झिने मन परिमार्जन भएन !!
५.
जो आउँछन् आउने बेला कुशल बनेर
फर्कन्छन फर्किंदा खल बनेर
पस्नेबेला सियो बनि पस्नेहरु उनै थिए
जो निस्के निस्कँदा मुशल बनेर !!
६.
दुश्मनलाई गोली चलाइदिए हुन्छ
असक्षम सरकार ढलाइदिए हुन्छ
साँच्चै निकास र विकास चाहिएको भए
सरकारको नेतृत्व मलाइ दिए हुन्छ !!
७.
बिगार्छ फेसबुकले सपार्छ फेसबुकले
नभएका माया पिरिम पार्छ फेसबुकले
सत्यतथ्य नबुझी होहल्लाकै पछी लाग्दा
आजकल ज्युँदै मान्छे मार्छ फेसबुकले !!
८.
स्वतन्त्रा ल भो यहाँ
रास्त्रियता भो यहाँ
पैसाले नै सबथोक हुने
मिहिनेती फेल भो यहाँ !!
९.
हावा छेक्ने पानी छेक्ने घर पाएसी
सुखी र खुसि हुने वर पाएसी
अझै किन चिन्ता लिन्छौ प्रिया
पछाडी लामिछाने थर पाएसी !!
१०.
जताततै हाहाकार र मारामार छ यहाँ
धरौटीको विकल्पमा कारागार छ यहाँ
नाथे सजायंको के चिन्ता मलाइ
आफ्नै पार्टीको सरकार छ यहाँ !!
१३ मुक्तक : जाली गरेर
सधैं छलकपट अनि जाली गरेर
एकले अर्कालाई गाली गरेर
नेता हुँ भन्दै हिड्छन लाजै नमानी
खुरापाती राजनीति,दलाली गरेर !!
एकले अर्कालाई गाली गरेर
नेता हुँ भन्दै हिड्छन लाजै नमानी
खुरापाती राजनीति,दलाली गरेर !!
१२ मुक्तक : बनाएर गइ
अनायसै मलाइ नजीक बनाएर गइ
आफु ठिक मलाइ बेठिक बनाएर गइ
राजनीतिमा वैकल्पिक भन्ठानेर होला
प्रेममा पनि वैकल्पिक बनाएर गइ !!
आफु ठिक मलाइ बेठिक बनाएर गइ
राजनीतिमा वैकल्पिक भन्ठानेर होला
प्रेममा पनि वैकल्पिक बनाएर गइ !!
Subscribe to:
Posts (Atom)
Sangeet Lamichhane: मुक्तक
Sangeet Lamichhane: मुक्तक : एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि...
-
एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...
-
दु इ वर्षको प्रेमिल सम्बन्धपछी अ स्मितासँग बोलचाल बन्द भएको त्यस्तै एक साता भएको थियो । ठ्याक्कै कलेजको गेटमा जम्काभेट भयो। त्यसरी निफ़ु...
-
Sangeet Lamichhane: मुक्तक : एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि...