१.
चोर देशको माली हुन्छ कहिले सम्म
राम्रोलाई गाली हुन्छ कहिलेसम्म
देशका सम्पदा बेचिंदै गए
अव देश खाली हुन्छ कहिलेसम्म ??
२.
उधोग र कारखाना गाउमा नभएर
घरजग्गा सम्पत्ति नाउँमा नभएर
हजुर ! बेरोजगार छु आजसम्म
आफन्त र नातागोता ठाउँमा नभएर !!
३.
सत्ता र स्वार्थका खेल प्रस्टै बुझिन्छन
एक अर्काका जालझेल प्रस्टै बुझिन्छन
कहिले छोरीका लागी कहिले बुहारीका लागी
यी राजीनितिक तालमेल प्रस्टै बुझिन्छन !!
No comments:
Post a Comment