१
गरिन्छ आम्दानी नदि नालाबाट
कृषिमा क्रान्ति दोका डालाबाट
यदि समयमै हामीलाई साथ् दिनुभयो भने
सम्भव छ सम्वृद्दी हाम्रै पालाबाट !!
२.
सार्वभौम आफैले धान्न चाहन्छन
प्रत्यक्ष कार्यकारी छान्न चाहन्छन
अब के हुन्छ पारिदेउ प्रस्ट
नेपाली जनता जान्न चाहन्छन !!
३.
गुट र उपगुट लोकतन्त्रमा
तोकेको ब्रह्मलुट लोकतन्त्रमा
कानुन भन्दा माथि कानुन उसकै हातमा
जे गरेनी छुट लोकतन्त्रमा !!
४.
जिन्दगीमा खासै क्यै आर्जन भएन
जीविका धान्न जीविकोपार्जन भएन
तिमीलाई भुल्न जति प्रयास गरेपनि
यो सम्झिने मन परिमार्जन भएन !!
५.
जो आउँछन् आउने बेला कुशल बनेर
फर्कन्छन फर्किंदा खल बनेर
पस्नेबेला सियो बनि पस्नेहरु उनै थिए
जो निस्के निस्कँदा मुशल बनेर !!
६.
दुश्मनलाई गोली चलाइदिए हुन्छ
असक्षम सरकार ढलाइदिए हुन्छ
साँच्चै निकास र विकास चाहिएको भए
सरकारको नेतृत्व मलाइ दिए हुन्छ !!
७.
बिगार्छ फेसबुकले सपार्छ फेसबुकले
नभएका माया पिरिम पार्छ फेसबुकले
सत्यतथ्य नबुझी होहल्लाकै पछी लाग्दा
आजकल ज्युँदै मान्छे मार्छ फेसबुकले !!
८.
स्वतन्त्रा ल भो यहाँ
रास्त्रियता भो यहाँ
पैसाले नै सबथोक हुने
मिहिनेती फेल भो यहाँ !!
९.
हावा छेक्ने पानी छेक्ने घर पाएसी
सुखी र खुसि हुने वर पाएसी
अझै किन चिन्ता लिन्छौ प्रिया
पछाडी लामिछाने थर पाएसी !!
१०.
जताततै हाहाकार र मारामार छ यहाँ
धरौटीको विकल्पमा कारागार छ यहाँ
नाथे सजायंको के चिन्ता मलाइ
आफ्नै पार्टीको सरकार छ यहाँ !!
No comments:
Post a Comment