Monday, January 29, 2018

कविता :दुइवटा युगका सहिदहरु !

दुइवटा युगका सहिदहरु !!
बर्षौं पहिले
देशका लागि हाँसि हाँसी

फाँसिको माला गाँस्ने हरु पो सहिद !
तर बिडम्बना
आफ्नै देश मास्नेहरु कसरी सहिद ?
ऊ ठेकदार होस या गुन्डा
लड्छन आफ्नै झुन्ड झुन्ड
अनि मर्छन आफाआफै
गर्छन् बन्द र हडताल
बनाउँछन सहिद तत्काल!
ऊ बेला
स्वतन्त्रता ,प्रजातन्त्र अनि
गणतन्त्रका लागि

रोग नभनी
भोक नभनी
उमेर नभनी
स्वार्थी नबनि
लड्नेहरु
अराजक भए 
अरास्ट्रीय तत्व भए

आतंककारी भए
तर आजकल
जमाना बद्लिएको छ !
सायद नयाँ नेपालमा
सहिदको परिभाषा पनि
 बद्लिएको छ !
केहि व्यक्तिका मनहरु
खुशी पार्न
सत्ताको सामर्थ्य देखाउन
सहिद बनाइन्छन् !
अझ
त्यो भन्दा आश्चर्यजनक कुरा के भने
आन्दोलन गरिनुपर्व
सहिदका लागि रकमी सम्झौता गरिन्छन !
जस्तो कि
आन्दोलन मा मार्यौ भने
यति ब्यबस्था गरिदिन्छु !
तर बिडम्बना
यी दुइ युगका सहिदहरु
सहिद लोकमा
उस्तै गर्वका साथ् बसिरहेछन
यता माघ १६ मा
 हामि पिण्ड पकाउँछौं
तर उता हालीमुहाली
दोस्रो युगका सहिदहरुको !
यता उनका दूतहरु
उनकै नाममा
पटक पटक मोलतोल गरिरहन्छन !
यो देखेर पहिलो युगका सहिदहरु
गुमनाम भएका छन् !
तर उनीहरु चाहन्छन
नेपाल
सहिदले सरापेको देश नबनोस्!!

Top of Form


No comments:

Post a Comment

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...