Wednesday, January 31, 2018

गजल :उत्तेजक पारा



नदिने ती सहारा कति आए कति
उत्तेजक पारा कति आए कति
............................................
चुनावका बेला जनता छल्न
ती विकासे नारा कति आए कति
.......................................
भोलिबाट पढ्छु भन्दाभन्दै पनि
मार्कसिटमा तारा कति आए कति !
..............................................
संगीत तपाईंलाई ज्वाई बनाउँछु भन्ने
सासु र ससुरा कति आए कति !!

No comments:

Post a Comment

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...