सरकार पनि आलोपालो ,हाम्रो देशमा
कानुन झन् फितलो ,हाम्रो देशमा
..................................................
छैन चिन्ता,रमाउँछन् ठुलाबडा
जनतालाई पिरलो ,हाम्रो देशमा
............................................
उपचार भन्दै जान्छन विदेशतिरै
आची आए पातलो ,हाम्रो देशमा
...................................................
बेच्छन वा साटछन् तर मौन हुन्छन
सिमानामा किचलो हाम्रो देशमा !!
................................................
एउटा हानेझैं गर्छ ,अर्को रोएझैं गर्छ
दुधको साँची बिरालो ,हाम्रो देशमा !!
No comments:
Post a Comment