Thursday, January 18, 2018

गजल : हाम्रो देशमा

सरकार पनि आलोपालो ,हाम्रो देशमा
कानुन   झन्   फितलो ,हाम्रो देशमा
..................................................
छैन चिन्ता,रमाउँछन् ठुलाबडा
जनतालाई पिरलो ,हाम्रो देशमा
............................................
उपचार भन्दै जान्छन विदेशतिरै
आची आए पातलो ,हाम्रो देशमा
...................................................
बेच्छन वा  साटछन् तर मौन हुन्छन
सिमानामा किचलो हाम्रो देशमा !!
................................................
एउटा हानेझैं गर्छ ,अर्को रोएझैं गर्छ
दुधको साँची बिरालो ,हाम्रो देशमा !!

No comments:

Post a Comment

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...