Friday, January 12, 2018

कथा :रङ नम्बर

           
रङ नम्बर


कलेजबाट तेस्रो बर्सको टुर अन्तर्गत हामि जनकपुर गएका थियौं
। कुन होटेल मा बस्ने अन्योल मा नै थियौं ! फेरी साँझ परेकाले सजिलै होटल पाइने सम्भावना थिएन ।
पाइए पनि त्यति बस्नलायक होटेल भेटिएका थिएनन ! अनि मैले झर्लक्क एउटा
साथीलाई सम्झिए
, उसको घर जनकपुर धाम नजिकै थियो । उसलाई फोन गरेर
बस्नलायक होटेल को नम्बर मागे ! उसले  “होटल सिता
’’ को लोकेसन र सम्पर्क नम्बर
दियो ! उसका अनुसार होटलका साहु पहिल्यै स्यांजाबाट गएका रहेछन !

उसैले दिएको नम्बर मा कल गरें ! तर हाम्रो चाहना बिपरित त्यो नम्बर अरु कसैको रहेछ ! आवाज सुन्दा सहजै अनुमान गर्न सकिन्थ्यो
,त्यो सुन्दर आवाज पक्कै पनि
कुनै एक सुन्दर युवतीको हुनुपर्छ ।त्यो मोहित आवाज संग कुरा गरिरहन मन त थियो तर होटल खोज्नुपर्ने तनाव ले गर्दा “सरि ! रङ नम्बर
‘’ भनेर फोन राखिदिएँ ।

ग्रुपका सबै साथीहरुको निकै मेहनत पछी बल्लबल्ल एउटा होटल भेटियो
! हाम्रो ग्रुप पनि ठुलै थियो त्यसैले सन्चो मन्चो घन्चो गरेर सुत्ने तरखर गरियो ! साथीहरु खाइअरी सुत्न लागेका थिए ! तर मलाइ निन्द्राको तरखर कत्ति थिएन ! अघि फोन गर्दा सुनेको मोहक आवाज अझै पनि गुन्जीरहेको थियो !

जनकपुर को गर्मि यसै त खपिसक्नु थिएन त्यसमाथि त्यो मोहक आवाजले मेरो मनमा
छुट्टै प्रकारको तरङ्ग ल्याइदिएको थियो ! शरीर पसिना पसिना भएको थियो ! अर्को रुममा साथीहरु तास खेल्दै रमाउंदै थिए कोहि हल्का मदिरा को मातमा थिए !
 बेलुका करिब साढे नौ भएको थियो होला जे होला होला भनेर त्यो नम्बर मा एकपटक मिस्ड कल  गर्ने निधो गरें तर मेरा हात भने थरथर काँपिरहेका थिए ! लामो सुश्केरापछी
मैले त्यो नम्बरमा डाएल गरें ! पहिलो डाएलामा फोन उठेन
, मनमा एकप्रकारको डर
लागिरहेकै थियो तैपनि हिम्मत नहारिकन फेरी कल गरे ! उताबाट कल रिजेक्ट भयो !
डर लागेकै थियो अहिले हल्का रिस पनि उठ्यो ! मन अलि अमिलो भएर आयो अनि
निन्द्रा नलागेपनि पल्टने निधो गरें ! मोबाइल चार्जमा राखेर पल्टिएँ! केहि छिनमा मेरा आँखा लाग्न थालेछन !यत्तिकैमा मेरो मोबाइलमा घन्टी बजेको सुने अनि आँखा मिच्दै  सोहि नम्बरबाट फोन आएको आशाका साथ मोबाइल उठाएँ  तर फोन ममीको रहेछ !
मेरो आशा खेर गयो ! फोन उठाएँ
, सन्चो बिसन्चो का कुराका साथ गर्मीबाट जोगिन ममीले केहि सुझाब दिनुभयो ! म कतिबेला फोनबाट छुटकारा पाऊँ झैं भएको थिएँ !
त्यसपछि ममीले फोन राखिदिनुभयो ! फेरी मोबाइल यथास्थानमा राखेर म पल्टें!

पल्टेको केहीबेर मात्र भएको थियो मोबाइल फेरी बज्यो ! एकदम कडा
हाइ काढ्दै
फोन टिपें ! अहिले चाहिं त्यहि नम्बर रहेछ जुन नम्बर मा मैले होटल पाउने आशाका साथ कल गरेको थिएँ ! फेरी उताबाट मोहक आवाजका साथ
हेलो सुनियो ! मोहित बन्न
उसको हेलो सब्द नै काफी थियो ! मैले पनि
हेलो फर्काएँ ! त्यसपछि के भनेर बोल्ने सोच्नै सकिन ! अनि बेहोसी पारामै खाना खानुभो?’ भनेर प्रश्न गरें ! उताबाट खाएको भन्ने जबाफ पाएँ ! अनि फेरी बोल्ने केहि पाइन ! अघि फोन किन काटेको भनेर प्रश्न गरें ! त्यसपछि बाबा ममी नजिकै भएर फोनमा बोल्न नमिलेको उत्तर पाएँ ! त्यसपछि मलाइ झन् भित्रभित्र डर लागेर आयो ! त्यसपछि भोलि  कल गर्छु उठाउनु है भनेर फोन राखिदिएँ !

 भोलिपल्ट सबेरै हाम्रो टोलि लुम्बिनीका लागि बाटो तय गर्यो ! तर बाटोमा पनि मेरो मन थिर थिएन ! दिमागमा त्यहि मोहक आवाज गुन्जीइरहेको थियो ! घरि एक्लै मुस्काउँथे घरि भित्र भित्र डराउँथे! आडैकोसाथीले मेरो यो हबिगतको चाल पाएछ ! अनि के भयो भनेर कुरा फुकाल्न खोज्यो !आखिर साथीको अगाडी कसको के लाग्थ्यो ! मैले कुरा लुकाउन सकिन अनि बेलिबिस्तार लगाएँ ! एकछिन साथि ले गठबन्धन गरेर अगाडी बढ्नुपर्छ भनेर जिस्कायो ! मलाइ उसका ती ब्यङ्ग बाक्य सुन्दा पनि भित्रभित्र रिस उठिरहेको थियो ! बस रफ्तार मा अगाडी बढिरहेको थियो !

त्यो बेलाको थकान र बस चड्दाको आनन्दले केहीबेर मै झाकाएछु ! केहिछिनमा बस खाजा खाने भनेर रोक्यो ! उता साथीले गिज्याउने क्रम रोकिएको थिएन !बरु अहिले चार पांच जनाले थाहा पाइसकेर जिस्काउन थालेका थिए ! यत्तिकैमा म ट्वाइलेट जाने बहानामा फेरी सोहि नम्बरमा डायल गरें ! भाग्यबस एकैपटकमा फोन उठ्यो ! मैले पुन हेलोबाट सुरु गरें ! उताबाट पनि हेलो जवाफ आयो ! म हिजोको तपाईंबाट आज सिधै तिमीमा पुगेको थिए !
म : के गर्दै छौ
?
ऊ: बसिराको
,अनि तिमि ?
म: म चितवन आइपुग्न लागें ! हामि भ्रमण मा छौं !
ऊ:ए खुब रमाइलो भाको होला है
?
म:रमाइलो त भएको छ तर बिचमा तिम्रो इन्ट्री भएपछी केके भो केके
?
ऊ: ओहो ! के भो नि त्यस्तो
?
उसले एकदमै फुर्कदै उत्तर दिइरहेकी थिइ ! मलाइ पनि एकदमै हल्का भैरहेको थियो !
कुरा गर्दै जाँदा ऊ पनि पोखराकै भएको पत्ता लगाएँ ! त्यसपछि झन् हल्का हुन थाल्यो !
लुकेर फोन मा बोलेको धेरै समय लगाउने कुरा भएन !अनि पछी बोल्ने भन्दै म फोनबाट
बिदा भएँ !

भोलिपल्ट हामि लुम्बिनी बाट पोखरा तिर लाग्यौं ! रोक्दै रमाउंदै आउँदा  साँझ पांच बजेतिर पोखरा आइपुगेका थियौं ! लगातार चार दिनको यात्रा थकान ले गर्दा मा घर पुग्नासाथ सुतें ! भोलिपल्ट बिहानै ओच्छ्यानबाटै उसैलाई कल लगाएँ ! दोस्रो घन्टीमै
उसले फोन उठाई ! सानोतिनो चिनजान भएको लगभग तीन दिन हुँदापनि न मलाइ उसको नाम थाहा थियो न उसलाई मेरो ! मैले शुरुमै तिम्रो नाम केहो भनेर प्रश्न गरें !
केहीछिन भाउ खाएझैं गरेपछि उसले आफ्नो नाम सपना भएको बताई ! उसले चाहिन कि
बिर्सी तर मेरो नाम के हो भनेर प्रश्न गरिन ! म नै एक स्टेप अगाडी बढ्दै फेसबुक आइडी सोधें ! उसले  अंग्रेजीमा
नकली सपना भएको बताई ! ल्यापटपबाट मैले उसको नम्बर को सहायताले नकली सपनालाई फ्रेन्ड रिक्वेस्ट पठाएँ ! केहीबेरको हाम्रो फोन कुराकानी टुंग्याईयो !अनि सुरु भो फेरी फेसबुक च्याट ! केहीबेरको रोमान्चक च्याटपछि दिउसो संगै खाजा खाने सहमति भयो ! उसैको चाहना अनुरुप हामि पामेको किंग फिसर रेस्टुरेन्ट मा जाने सहमति भयो समय चार बजे तोकियो !मलाइ दिनभर चार कतिबेला बज्ला भैरहेको थियो ! त्यसैले म निर्धारित समयभन्दा केहि छिटो त्यहाँ पुगे ! त्यस्तै साढे तीन तिर मा त्यहाँ पुगेको थिए  ! बाँकी रहेको आधा घण्टा प्यारासुट हरु ल्याण्ड भएको हेर्दै दुइवटा चुरोट र एक कप चिया सकें !
चार बज्दा पनि ऊ आइन ! मनमा केहि आशा थियो तर आउँदिन कि भन्ने शंका पनि चलेकै थियो ! मा उसको बाटो हेरिरहेको थिएँ ! लगभग आधा घण्टा पछाडी बाहिर एउटी युवती आइ ! मोबाइल निकाली र कल गरि !
उसको कल अन्त कतै नभएर मेरै मोबाइल तिरै सोजिएको रहेछ ! मैले मनमनै बिचार गरें ! तर फेसबुकमा भएको तस्बीर र उसको बास्तबिक अनुहार मा कत्ति मेल भएको थिएन ! केहि समयमा उ म भएको ठाउँमै आउन लागि  जहाँ मा अर्को चुरोट सल्काउन लागेको थिएँ !  ऊ झनझन नजिक आइ !
उ मेरो टेबलमा आइसकेपछि मात्र उ मेरी पुर्वप्रेमिका सरला भएको पत्तो पाएँ !मन आत्तियो
,सातो गयो ,आँखाबाट आँशु बग्यो! त्यसपछि हतार हतार बिल तिरेर म बाहिरिएँ !

No comments:

Post a Comment

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...