Sunday, December 24, 2017

gajal:छिमेकीको कुकुर

मौसमी माया लाएर के भो
ती झुटा कसम  खाएर के भो ?
…………………………………………..

जिन्दगीको सफरमा कुरें कुर्नसम्म
समय सकिएपछी आएर केभो
?
……………………………………………….

जिउँदोमा मुखमा माड नपरेको बाउ
 मरेपछि पिण्ड पाएर के भो
?
……………………………………………..

न् दुध तताइएला न मोही बनाइएला
छिमेकीको कुकुर  ब्याहेर के भो
?

No comments:

Post a Comment

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...