“के देखिन्छ ?”
मुखमा सबको रामराम भन्छन स्थिरता
स्थिरता स्थिरता कता गयो कता ?
कहिल्यै पनि बुझिएन खै त यिनको किस्सा
धाउँदछन् विदेशतिरै लागे गिलो दिशा !!
जनताका भावनामा नरम छैन किन
एउटा कुर्ची कति प्यारो सरम छैन किन ?
भासण गर्छन ठुलाठुला सेवा भानिभनी
सरकारले पैसा बाँड्छ पेवा थानिठानी!!
खै त आजकल केके हुन्छ हाम्रो हाँडी गाउँमा
गुण्डा अनि पुलिसहरु अट्छन एकै ठाउँमा
इमान्दार मान्छे यता बस्नै डराउँछ
देशकोबारे सोच्दासोच्दा तनाव गराउँछ !!
No comments:
Post a Comment