Monday, December 25, 2017

कबिता :''खोया जिन्दगी''

''खोया जिन्दगी''
 जिन्दगि जसोतसो चलिरहेको थियो
भाग्य भनौ वा दुर्भाग्य
तिमीसंग भेटको  पहिलो दिन
मेरा खुट्टाका पाइला भइमा भएतापनि
तर मलाइ मेरा खुट्टा हावामा उडेको भान भएको थियो
!!

तर समयको बहावासंगे तिमीले मलाइ बुज्न सकिनौ
वा
मैले तिमीलाई बुझ्न सकिन
मैले आजसम्म बुझ्न सकेको छैन !


मैले आजसम्म बिर्सन सकेको छैन
तिम्रो आँखाको गाजल
तिम्रो ओठको लाली
तिम्रो शरीरबाट आउने अत्तरको बास्ना
यी अनि यस्तै कुरा हरु !
अहँ मैले कत्ति  बिर्सन सकेको छैन !



आजकाल दोबाटोमा तिम्रो र मेरो जम्काभेट हुँदा
तर ओठमा मुस्कान नदेखिंदा
ओठहरुले पनि हामीलाई खिसी गर्दा हुन् है
?

तिमि के सोच्छौ
?
के तिमीलाई देखेर
तर
 नदेखेझैं गरेर हिंड्दा
मेरो मन शीतल हुँदो हो
?

तिमीले हाम्रो सम्बन्धको बारे
न कहिल्यै प्रश्न गर्यौ
?
न कहिल्यै उत्तर दियौ
?
तर
छुट्ने बेला मेरो जिन्दगीलाई
खोया जिन्दगी भनेर
गुड बाइ गरेपछि मात्र
तिमि प्रेमिका थियौ
वा
थिइनौ भन्नेकुरा
 थाहा पाएको थिए ! 

No comments:

Post a Comment

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...