Sangeet Lamichhane: मुक्तक:
एकले अर्काको पोल खोल्न सक्छ एकदिन
विद्रोहको आवाज बोल्न सक्छ एकदिन
छिमेकीको घरमा आगो लगाई ढुक्क नबन
त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ एकदिन ll
Sangeet Lamichhane
Tuesday, May 14, 2024
Tuesday, August 17, 2021
मुक्तक
एकले अर्काको पोल खोल्न सक्छ एकदिन
विद्रोहको आवाज बोल्न सक्छ एकदिन
छिमेकीको घरमा आगो लगाई ढुक्क नबन
त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ एकदिन !!!
Tuesday, June 2, 2020
कबिता : बेताल
पालैपालो देश
बेताल बेताल मै दगुरीरहेछ
सनही हिमाल तिर
ढोलक पहाड तिर
ट्याम्को मधेश तिर
बज्छन एक्लै बाजहरु
कर्कस आवाजसरी
हेर्छन आफ्नै जुहारी ।
सत्ता र स्वार्थ भनेपछी
बम पड्काउँछन्
जनता भड्काउँछन्
बेतालको यो खेतबारी मा
गोरु चुट्छन् ,हलो अड्काउँछन् ।
नामका लागि होइन
बद्नामका लागि
बेकाम बेकाममै डुलिरहेछन्
जनता अचम्मित छन्
आजित छन्
हरामखोरहरुलाइ पाल्दा पाल्दा
केवल सक्छन त
बहस गर्न
यो राजा ठिक
या
त्यो राजा ठिक ??
बेताल बेताल मै दगुरीरहेछ
सनही हिमाल तिर
ढोलक पहाड तिर
ट्याम्को मधेश तिर
बज्छन एक्लै बाजहरु
कर्कस आवाजसरी
हेर्छन आफ्नै जुहारी ।
सत्ता र स्वार्थ भनेपछी
बम पड्काउँछन्
जनता भड्काउँछन्
बेतालको यो खेतबारी मा
गोरु चुट्छन् ,हलो अड्काउँछन् ।
नामका लागि होइन
बद्नामका लागि
बेकाम बेकाममै डुलिरहेछन्
जनता अचम्मित छन्
आजित छन्
हरामखोरहरुलाइ पाल्दा पाल्दा
केवल सक्छन त
बहस गर्न
यो राजा ठिक
या
त्यो राजा ठिक ??
Monday, June 1, 2020
मुक्तक
सकेजती जनतालाई कष्ट दिएको छ
जताततै प्रतिनिधि भ्रष्ट दिएको छ
कोरोनाले मर वा भोकमरीले मर
सरकारले बिकल्प स्पष्ट दिएको छ ।।
Saturday, May 16, 2020
मुक्तक
षड्यन्त्रले रचिएको काल देखेर
यो देशमा भैरहेको बेहाल देखेर
उता मदन काका केके सोच्दै होलान्
यता मुना काकीको हाल देखेर !!
Sunday, December 15, 2019
मुक्तक : कल्पनामा केके आयो
कल्पनामा केके आयो तिमि कता छ्यौ
अब ठिक्क उमेर भयो तिमि कता छ्यौ
बाजागाजा,जन्तीहरु जब देखेँ हिजो
तब रहर पलायो तिमी कता छ्यौ !
अब ठिक्क उमेर भयो तिमि कता छ्यौ
बाजागाजा,जन्तीहरु जब देखेँ हिजो
तब रहर पलायो तिमी कता छ्यौ !
गजल: बुझियो शव्दैशव्दको जालो पनि
बुझियो शब्दैशब्दको जालो पनि
भोगियो श्वार्थीहरुको अंगालो पनि
नाना माना र छानाको आशै आशमा
बुझाइयो कागजपत्रको सँगालो पनि
लास त आखिर दाजुभाइले बोक्नुपर्ने थियो
तर अँह पाइएन यहाँ खेतालो पनि
बकेट र ब्यागेज ले आजकल यस्तो बनाइदियो
बन्दैनन अब गाउँमा डोको पनि डालो पनि
अरे मान्छेहरु झणडामा किन खर्च गर्छन
पाइएन शरीर ढाक्न एउटा टालो पनि
भोगियो श्वार्थीहरुको अंगालो पनि
नाना माना र छानाको आशै आशमा
बुझाइयो कागजपत्रको सँगालो पनि
लास त आखिर दाजुभाइले बोक्नुपर्ने थियो
तर अँह पाइएन यहाँ खेतालो पनि
बकेट र ब्यागेज ले आजकल यस्तो बनाइदियो
बन्दैनन अब गाउँमा डोको पनि डालो पनि
अरे मान्छेहरु झणडामा किन खर्च गर्छन
पाइएन शरीर ढाक्न एउटा टालो पनि
Subscribe to:
Posts (Atom)
Sangeet Lamichhane: मुक्तक
Sangeet Lamichhane: मुक्तक : एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि...
-
एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...
-
उसले छुट्टै कदम चाल्यो मेरो के लाग्यो मैले नसकेको पथ्थर पगाल्यो मेरो के लाग्यो ..............................................................
-
दु इ वर्षको प्रेमिल सम्बन्धपछी अ स्मितासँग बोलचाल बन्द भएको त्यस्तै एक साता भएको थियो । ठ्याक्कै कलेजको गेटमा जम्काभेट भयो। त्यसरी निफ़ु...