तिमि भन्छौ गाउँगाउँमा सरकार पुगेको देखियो
तर तथ्यांक हराठाउंमा भ्रस्टाचार पुगेको देखियो !!
.....................................................................
यता मन्त्रीमण्डल बन्नुभन्दा पहिला
छिमेकीलाई तथ्य समाचार पुगेको देखियो !
.................................................................
मन्त्री बनाइदेउ भन्दै आज दिल्ली जानेहरु
इतिहाँसमा त्यहि भन्दै दरबार पुगेको देखियो !
...............................................................
शिलान्यास उद्घाटनका खबर त अति आउने
गफ ज्यादा ,ब्यबहारमा कम पूर्वाधार पुगेको देखियो
...........................................................................
कानुनि राज्य भन्दै गर्व गर्दाको भोलिपल्टै
हिरासतकै अपराधीलाई हतियार पुगेको देखियो
....................................................................
देशको राजनीति ,घुसखोरी र भ्रस्टाचार देख्दा
भविष्य अन्योल अनि कार पुगेको देखियो !!
Sunday, February 25, 2018
Saturday, February 10, 2018
गजल :नजानी नजानी
सम्झीरहने बानि भयौ नजानी नजानी
एकादेशको कहानी भयौ नजानी नजानी
.......................................................
यी नजर छल्न तिमि जता गएपनि
यी आँखाकै नानि भयौ नजानी नजानी
.......................................................
मेरो संगत गर्नेबेला फुल जस्तै थियौ
घमण्डकि खानि भयौ नजानी नजानी
.........................................................
तिम्लाई बिर्सुं भन्छु ,मन मान्दै मान्दैन
आखिर किन बिरानी भयौ नजानी नजानी
...............................................................
मेरो राजा भन्दा तिम्ले, मेरी रानी भनेकै थें
आजकल कसकी रानी भयौ नजानी नजानी
Friday, February 9, 2018
११ मुक्तक :कतै भेटिएन
लजाउंदै झुक्ने शीर कतै भेटिएन
चित्त बुझ्ने तस्वीर कतै भेटिएन
प्रेमिकाको रहर जागी कति खोजियो
अहँ ,भनेजस्तो आखिर कतै भेटिएन!!
चित्त बुझ्ने तस्वीर कतै भेटिएन
प्रेमिकाको रहर जागी कति खोजियो
अहँ ,भनेजस्तो आखिर कतै भेटिएन!!
१० मुक्तक :मिठो बोलेर
यो जिन्दगि केके भयो मिठो बोलेर
सम्बन्ध टाल्यो सिलायो मिठो बोलेर
हरबखत मलाइ साथ दिन्छु भन्थ्यो आखिर
ढुंगाको खिचडी पकायो गयो मिठो बोलेर!!
सम्बन्ध टाल्यो सिलायो मिठो बोलेर
हरबखत मलाइ साथ दिन्छु भन्थ्यो आखिर
ढुंगाको खिचडी पकायो गयो मिठो बोलेर!!
९ मुक्तक :हक जमाउंदै
इशाराले हान्छौ भन्छे हक जमाउंदै
किन दिमाग खान्छौ भन्छे हक जमाउंदै
सानै छु दुइचार बर्ष कुर प्रिया भन्दा
मलाइ कहिले लान्छौ भन्छे हक जमाउंदै !!
किन दिमाग खान्छौ भन्छे हक जमाउंदै
सानै छु दुइचार बर्ष कुर प्रिया भन्दा
मलाइ कहिले लान्छौ भन्छे हक जमाउंदै !!
Thursday, February 1, 2018
८ मुक्तक :बिचार गरेर
तिमीसंग
मेरो लत बिचार गरेर
अरुसंग मेरो नियत बिचार गरेर
तिम्रा छोराको बाउ बन्न ठिक छु कि छैन
आँट गर है हैसियत बिचार गरेर !!
अरुसंग मेरो नियत बिचार गरेर
तिम्रा छोराको बाउ बन्न ठिक छु कि छैन
आँट गर है हैसियत बिचार गरेर !!
गजल : अति आउँछन
त्यस्ता प्रस्ताव हजुरलाई कति आउँछन?
.....................................................
कुरामा त हजुर तछाड र मछाड
तर काममा सुस्त गति आउँछन
..................................................
रास्ट्रको पिता बन्नुपरने बेला
किन त्यस्ता तुच्छ मति आउँछन ?
.....................................................
अदालत क्याम्पस जस्ता हर क्षेत्रमा
नियुक्ति भन्दा पहिला राजनीति आउँछन !!
........................................................
हजुरबालाई डोकोबाट फाल्नै लाग्दा खेरि
बाउसँग डोको माग्न नाति आउँछन !!
.
.
Subscribe to:
Posts (Atom)
Sangeet Lamichhane: मुक्तक
Sangeet Lamichhane: मुक्तक : एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि...
-
एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...
-
दु इ वर्षको प्रेमिल सम्बन्धपछी अ स्मितासँग बोलचाल बन्द भएको त्यस्तै एक साता भएको थियो । ठ्याक्कै कलेजको गेटमा जम्काभेट भयो। त्यसरी निफ़ु...
-
Sangeet Lamichhane: मुक्तक : एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि...